आइतवार, असार १४, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • हरेक महिनाको १५ गते मार्तडी बजार बन्द, अवज्ञा गरे ५ हजार जरिवाना

हरेक महिनाको १५ गते मार्तडी बजार बन्द, अवज्ञा गरे ५ हजार जरिवाना

  • आइतवार, असार १४, २०८३
सेयर गर्नुहोस् :
हरेक महिनाको १५ गते मार्तडी बजार बन्द, अवज्ञा गरे ५ हजार जरिवाना

बाजुरा–मार्तडी बजार व्यवस्थापन समितिले सरसफाईको अभियान सञ्चालन गर्न प्रत्येक महिनाको १५ गते मार्तडी बजार बन्द गर्ने निर्णय गरेको छ । २०८३ जेठ ३० गते बसेको बैठकको निर्णयअनुसार हरेक महिनाको १५ गते मार्तडी बजार पूर्ण रुपमा बन्द गरिने भएको हो ।

सो दिन बजार बन्द गरेर “स्वच्छ, सफा हरित मार्तडी बजार” बनाउने सरसफाई अभियान सञ्चालन गरिने समितिले जनाएको छ । यस्तै उक्त दिन औषधि, तरकारी र फलफूल पसल बाहेक अन्य सबै पसल बन्द गरेर सरसफाई अभियानमा सहभागीता जनाउन आव्हान समेत गरिएको छ ।

मार्तडी बजार व्यवस्थापन समितिको अभियानलाई सहयोग गर्न आग्रह गर्दै उक्त निर्णयको अवज्ञा गर्ने व्यक्तिलाई जनही पाँच हजार जरिवानासहित कारबाही गरिने पनि चेतावनी दिएको छ । साथैं प्रत्येक महिनाको १५ गते बजार सरसफाई अभियानमा सहभागी नहुने व्यवसायीहरुलाई पनि पाँच सय रुपैयाँ जरिवाना गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार