
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुर्नगठन हुने बताएका छन् । पुनर्गठन हुँदा एमाले नफुट्ने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क रहनुहोस । लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ ।
फुटने छैन । टुटने छैन ।’ उनका अनुसार पुनर्गठन हुँदा सबै मिल्ने छन् । थप एकताबद्ध हुनेछन् । सबैको सम्मान हुनेछ । अगाडि लेख्छन, ‘मति सुध्रने छ । गति बढ़ने छ ।’


