• होमपेज
  • देश/प्रदेश
  • अपाङ्गता भएका व्यक्तिका लागि सात दिने सीप विकास तालिम स‌चालन

अपाङ्गता भएका व्यक्तिका लागि सात दिने सीप विकास तालिम स‌चालन

  • सोमवार, असार १, २०८३
सेयर गर्नुहोस् :
अपाङ्गता भएका व्यक्तिका लागि  सात दिने सीप विकास तालिम स‌चालन

बाजुरा– अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले बाजुरामा कृषि तथा पशुपालनसम्बन्धी सात दिने सीप विकास तालिम सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय बाजुराको आयोजनामा सञ्चालन भएको उक्त तालिम जेठ २६ गतेदेखि असार १ गतेसम्म सञ्चालन भएकाे थियाे । तालिमको आयोजना मार्तडीस्थित रोयल होटलमा स‌चालन गरिएकाे सामाजिक बिकास कार्यालय बाजुराका प्रशिक्षक लाल बहादुर मल्लले बताएका छन ।  तालिममा अति बिपन्न, गरिव तथा अपाङ्गता भएका व्यक्तिहरूलाई कृषि तथा पशुपालन क्षेत्रमा आवश्यक व्यावहारिक ज्ञान, आधुनिक प्रविधि तथा सीप प्रदान गरिएकाे मल्लले बताए । सहभागीहरूलाई व्यावसायिक कृषि तथा पशुपालनमार्फत आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनकाे भनाइ रहेकाे छ।
यस प्रकारका सीपमूलक कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराई आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको सामाजिका बिकास कार्यालय बाजुराका प्रमुख अम्बादत्त जाेशीले बताए ।
आयोजकका अनुसार तालिम अवधिभर कृषि तथा पशुपालनसम्बन्धी विभिन्न विषयमा विज्ञ प्रशिक्षकमार्फत सहजीकरण गरिएकाे जनाएकाे छ। साथै, सिकेका सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यमशीलता विकासतर्फ अग्रसर हुन सहभागीहरूलाई प्रोत्साहित गरिएकाे जनाइएको छ। अति बिपन्न तथा गरिव र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशिता तथा आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार