• होमपेज
  • देश/प्रदेश
  • एमालेले भन्यो : भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफल भयो

एमालेले भन्यो : भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफल भयो

  • बिहिबार, चैत्र १९, २०८२
सेयर गर्नुहोस् :
एमालेले भन्यो : भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफल भयो

काठमाडौं–नेकपा एमालेले भदौ २३ र २४ गते रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति भएको दाबी गरेको छ। आज प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले अवैधानिक ढंगले रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक भएको दाबी गरेका हुन्।

बादलले जेनजी आन्दोलनको घटनामा रास्वपाकै संलग्नता रहेको स्पष्ट पारे। उनले फागुन २१ गते आम निर्वाचनमार्फत रास्वपाको नीलो क्रान्तिलाई वैधानिकता प्रदान गरिएको बताए।

उनले चैत्र १३ गते धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहलाई सपथ ग्रहण गराइएको बताए। उनले भने, ‘यो ऐतिहासिक विजयका लागि रास्वपाका प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेको तर्फबाट बधाई भन्न चाहन्छु।’ उनले अभूतपूर्व निर्णयमा नेपाली सेना, व्यरोक्रेसी, सुशीला कार्कीको सरकार, कार्की आयोग र बारबारा फाउण्डेशन रहेको रहेको दाबी गरे।

चर्चामा

सम्बन्धित समाचार