• होमपेज
  • कला /साहित्य
  • बाजुराका जनताले उम्मेदवार भोट माग्न आउँदा सोध्नै पर्ने २० प्रश्नहरु .?

बाजुराका जनताले उम्मेदवार भोट माग्न आउँदा सोध्नै पर्ने २० प्रश्नहरु .?

  • मङ्लबार, माघ ७, २०८२
बाजुराका जनताले उम्मेदवार भोट माग्न आउँदा सोध्नै पर्ने २० प्रश्नहरु .?

नेतृत्व र जिम्मेवारी
१ तपाईं बाजुरालाई मानव विकास सूचकांकको ७७ औं स्थानबाट माथि उठाउन के गर्ने योजना राख्नु भएको छ?

२ जीतपछि तपाईं सिधा जनतासँग नियमित भेटघाट गर्ने प्रतिबद्धता गर्नुहुन्छ?

३ सांसद/नेतृत्व पाउँदा पनि जिल्लाको समस्यालाई सिंहदरबारमा उठाउन सक्ने क्षमता छ कि छैन?
४ तपाईं भाषण मात्र होइन, व्यवहारमा इमानदार छ भन्न सक्नुहुन्छ?

५ नेतृत्व पाएपछि तपाईं पार्टी वा व्यक्तिगत स्वार्थभन्दा माथि बाजुरालाई प्राथमिकता दिन सक्नुहुन्छ?

स्वास्थ्य र जीवन–मृत्यु
६ हरेक वर्ष सुत्केरी महिलाको मृत्यु रोक्न पूर्ण स्वास्थ्य सुविधा कसरी सुनिश्चित गर्नुहुन्छ?

७ आकस्मिक बिरामीको लागि हेलिकप्टर र इमरजेन्सी सेवा कसरी सुनिश्चित गर्नुहुन्छ?

८ गाउँ–गाउँमा स्वास्थ्यकर्मी नियमित उपलब्ध गराउने व्यवस्था के हो

शिक्षा र युवा अवसर
९ प्राविधिक/उच्च शिक्षा पढ्न जिल्ला छोड्नुपर्ने बाध्यता कसरी कम गर्नुहुन्छ?

१० शिक्षक अभाव र विद्यालयको गुणस्तर सुधार्न ठोस योजना के हो?

११ युवाहरू पलायन हुन नदिने, स्थानीय रोजगारी र सीप विकासका उपाय के छन्?

पूर्वाधार र विकास
१२ गाउँ–गाउँसम्म सडक, पुल, बिजुली र खानेपानी विस्तारमा तपाईंको प्राथमिकता र समयसीमा के हो?

१३ सडक, यातायात र सञ्चारमा बारम्बार ढिलाइ भएको छ, यसलाई दिगो समाधान कसरी ल्याउने?

१४ कृषि र सिंचाइको सुधारमा ठोस योजना के छ, ताकि धान, तरकारी र फलफूल पर्याप्त उत्पादन होस्?

आर्थिक विकास र सम्भावना
१५ बाजुरामा पर्यटन, कृषि, जडीबुटी र प्राकृतिक स्रोतबाट स्थानीय अर्थतन्त्र कसरी बलियो बनाउने?

१६ विदेश रोजगारीमा निर्भर युवालाई गाउँमै रोजगारीका विकल्प कसरी सिर्जना गर्ने?

१७ बजेटको दुरुपयोग रोक्न, पारदर्शिता र जवाफदेहिता कसरी सुनिश्चित गर्नुहुन्छ?

लोकतन्त्र र मतदान
१८ मतदाता दबाब, पैसामा भोट बिक्री रोक्न तपाईंको योजना के हो?

१९ हरेक नागरिकले स्वतन्त्र मतदान अधिकार प्रयोग गर्न पूर्ण वातावरण कसरी सुनिश्चित गर्ने?

२० तपाईं जनताको आलोचना, प्रश्न र प्रतिवेदन सुन्न र जवाफदेह बन्न तयार हुनुहुन्छ?

चर्चामा

सम्बन्धित समाचार