शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • मेलौली भगवती मन्दिरमा मेला सुरु : बलिप्रथामाथि प्रश्न

मेलौली भगवती मन्दिरमा मेला सुरु : बलिप्रथामाथि प्रश्न

  • बुधबार, कार्तिक २०, २०८२
मेलौली भगवती मन्दिरमा मेला सुरु : बलिप्रथामाथि प्रश्न

पारस भट्ट प्यासी – सुदूरपश्चिमको प्रसिद्ध शक्ति पीठ माता मेलौली भगवती मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि कार्तिक महिनाको चतुर्दशी रतेडी र पूर्णिमा दिसेडी का दिन विशेष मेला लाग्ने गर्छ । धार्मिक श्रद्धा र आस्थाले ओतप्रोत भक्तजनहरू टाढा–टाढाबाट मेलौली मा पुगी भगवति माताको दर्शन र पूजाअर्चना गरिरहेका छन्।

तर मेलाको छायामा एउटा पुरानो पीडा दोहोरिएको छ पशुबलिको परम्परा मन्दिर वरिपरि जहाँ एकातिर धूप र दीप बालिँदै भक्ति रस बगिरहेको हुन्छ, अर्कोतिर राँगा र बोकाको रगत”
धेरै भक्तजनले यो दृश्यलाई अनावश्यक हिंसा र आस्थामाथिको कलङ्कका रूपमा लिएका छन्। भक्तजनले सामाजिक चेतनासँगै अब बलिप्रथा अन्त्य गरी फूल, फल र भक्ति मार्फत पूजा गर्ने परम्परा सुरु गर्नुपर्ने आवाज उठाइरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार