मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं– सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने जवाफ पठाएको छ। दर्ता हुन आउन सरकारले गरेको आह्वानपछि एक्सले यस्तो जवाफ पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाकारी गराएका छन्। सोमबार पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री गुरुङले यो जानकारी दिएका हुन्।

नेपाल सरकारलाई पत्र लेख्दै अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने एक्सले प्रष्ट पारेको छ। एक्सले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर नेपालमा दर्ता नगर्ने प्रष्ट पारेको हो। यो पत्रपछि आक्रोशित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल खोल्नु नहुने भन्दै मन्त्रिपरिषद् बैठकमा निर्णय गराए पनि कांग्रेसको दबाबमा सामाजिक सञ्जाल खोलिएका छन्।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउने निर्णय मन्त्रिपरिषदले नगरेपछि  कांग्रेस सभापति देउवा बालुवाटारमा पुगेका थिए। देउवाले सामाजिक सञ्जाल खोल्नुपर्ने दबाब दिएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट प्रदायकहरुलाई खोल्ने व्यहोराको पत्र पठाएका हुन्। मन्त्रालयले फेसबुक, एक्स, युट्युबलगायतका प्लाटफर्महरूलाई दर्ताका लागि आह्वान गर्दा अटेर गरेको भन्दै गत १९ गतेदेखि बन्द गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार