
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतबारे भोलिदेखि हुने विधान अधिवेशनमा छलफल हुने भएको छ । बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो ।
योसँगै उनको फरक मतबारे छलफल हुने निश्चित भएको हो । पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो मतका रूपमा दर्ता गराएको उनले बताएका छन् ।
यस्तो छ उनको फरक मत :
