शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाचार
  • राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय

  • मङ्लबार, भदौ १०, २०८२
राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं— नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ ।

सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो ।

समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।

समिति सभापतिका लागि दिलेन्द्र बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए ।

चर्चामा

सम्बन्धित समाचार