आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • मङ्लबार, भदौ ३, २०८२
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति माया प्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभा समक्ष पेस गर्ने छन् ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार