आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

  • आइतवार, भदौ १, २०८२
पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै छन् । आइतबार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार