आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाज
  • पर्सामा एक कैदीको मृत्यु

पर्सामा एक कैदीको मृत्यु

  • मङ्लबार, साउन २८, २०८२
पर्सामा एक कैदीको मृत्यु

पर्सामा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय राहुल साह छन् । उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएको अस्पतालमा मृत्यु भयो’ एसपी मिश्रले अनलाइनखबरसँग भने ।

नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको । अहिले मृतकका आफन्तसँग सो बारेमा छलफल भइरहेको छ । आफन्तले भने विभिन्न आरोप लगाउँदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार