• होमपेज
  • समाचार
  • मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको हवाई अवलोकन

मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको हवाई अवलोकन

  • शुक्रबार, साउन १०, २०८२
मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको हवाई अवलोकन

महोत्तरी— प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् ।

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही ७ साउनको बैठकले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार