
बाजुरा– बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा कृषिलाई प्रवद्र्धन गर्न “प्राविधिकसँगै बारीमै अभ्यास” अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। नगर प्रमुख अमर खड्का अनुसार, यो अभियान मार्फत किसानहरूलाई आधुनिक कृषि प्रविधि बारीमै प्रयोग गरेर सिकाउने, मात्रात्मक उत्पादन वृद्धि गर्ने र गाउँमा आत्मनिर्भरता बढाउने हेतुले अघि बढाइएको बताएका छन ।
बिषेश गरि कृषि क्षेत्रको बिकासमा प्राबिधक संग बारीमै अभ्यास, कोदोको बिस्कुट उत्पादन र बजारीकरण, उत्पादन खरित बिक्री कार्यक्रमहरु लागु गरिने भएको छ । उध्योग तथा रोजगारका लागि प्रम्परागत सिपको संरक्षण र आधिुनिककरण, राणी, पाखी, ठेकी आरन ब्यवासायमा युवा लक्षित रोजगारमुखी कार्यक्रमहरु गरिने नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।


