
बाजुरा— राष्ट्रिय दलित पत्रकार संघ बाजुराले २०८२ सालको भित्तेपात्रो आइतबार एक औपचारिक कार्यक्रमका बीच विमोचन गरेको छ। कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो। नगरपालिकाकी उप–प्रमुख नन्दा कुमारी थापाले भित्तेपात्रो पढेर औपचारिक रूपमा विमोचन गरेकी हुन्।
भित्तेपात्रो विमोचन कार्यक्रम संघका अध्यक्ष धनरुप कामीको अध्यक्षतामा सम्पन्न भएकाे छ । बडीमालिका नगरपालिका उप प्रमुख नन्दा थापाकाे प्रमुख आतिथ्यमा संचालन भएकाे कार्यक्रमकाे स्वागत दलित पत्रकार संघका सल्लाहकार समिति सदस्य रमित विकले गरेका थिए । कार्यक्रममा बिषिष्ठ अतिथिकाे रूपमा बडीमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्बर महत, वडा नम्बर ३ का अध्यक्ष डबल बहादुर रोकाया, वडा नम्बर ५ का अध्यक्ष धरमपाल मिजार, वडा नम्बर ९ का अध्यक्ष सूर्यकिरण विक, पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंह लगायत पत्रकारहरू सहभागी थिए।
संघले प्रकाशित गरेको भित्तेपात्रोमा दलित समुदायको योगदान, सामाजिक जागरणका सन्देश तथा महत्त्वपूर्ण सूचनाहरू समेटिएको संघले जनाएको छ।
