शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवसकाे अवसरमा बाजुरामा बिरामीलाइ फलफुल बितरण

कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवसकाे अवसरमा बाजुरामा बिरामीलाइ फलफुल बितरण

  • मङ्लबार, जेष्ठ १४, २०८२
कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवसकाे अवसरमा बाजुरामा बिरामीलाइ फलफुल बितरण

बाजुरा– पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार बिहान प्रेस सेन्टर बाजुरा शाखाकाे आयाेजनामा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाइ फलफुल बितरण गरिएकाे छ ।

नेकपा मावबादी केन्द्र निकट पत्रकारका छाता संगठन प्रेस सेन्टरले देश भर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउने सर्कुलर अनुसार बाजुरामा पनि बिरामीलाइ फलफुल बितरण गरी मनाएकाे हो ।

प्रेस सेन्टर बाजुरा शाखाका अध्यक्ष राजेन्द्र विककाे अध्यक्षतामा बिरामीलाइ फलफुल बितरण गरिएकाे प्रेस सेन्टर बाजुरा शाखा सचिव साेधा नेपालीले बताएकी छन ।

फलफुल बितरण कार्यक्रममा प्रेस सेन्टर बाजुरा शाखाका केन्द्रीय सचिव निमेन्द्र शाही, पत्रकार महास‌घ बाजुराकी उपअध्यक्ष संगिता तिमिल्सेना लगायत पत्रकारहरुकाे  कार्यक्रममा सहभागी रहेका थिए  ।

चर्चामा

सम्बन्धित समाचार