• होमपेज
  • समाचार
  • कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

  • मङ्लबार, जेष्ठ १४, २०८२
कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

जनपक्षीय पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार देशभर विभिन्न कार्याक्रम गरी मनाईदै छ । जनपत्रकार संगठन नेपालले देशका विभिन्न ठाउँमा अन्तरक्रिया, छलफल, विचार गोष्ठी तथा पुस्तक विमोच जस्ता कार्यक्रम राखेर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउन लागेको हो ।

काठमाडौमा जनपत्रकार संगठन नेपाल र अखिल नेपाल जनसांस्कृतिक महासंघको संयुक्त आयोजनमा ‘प्रगतिवादी साहित्य र समकालिन पत्रकारिता’ विषयक सम्वाद कार्यक्रमको आयोजना गरिएको छ । सम्वाद कार्यक्रममा वरिष्ठ कलाकार माईला लामा, डाक्टर अमर गिरी, साहित्यकार इश्वरचन्द्र ज्ञवाली, संगिता खड्का र उमीद वाग्चनले सम्वोधन गर्दै हुनुहुन्छ ।

‘कृष्ण सेन (इच्छुक)को स्मृतिका अवसरमा जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समितिले चितवन, लुम्बिनी प्रदेश समितिले दाङ, सुदूरपश्चिम प्रदेश समितिले धनगढी र अन्य प्रदेश तथा जिल्लाहरूले विभिन्न ठाउँहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार