शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला प्रशासन कार्यालय बाजुराको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय बाजुराको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • बुधबार, बैशाख १७, २०८२
जिल्ला प्रशासन कार्यालय बाजुराको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराको बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले चालू आर्थिक बर्षको हालसम्म भए गरेका कामकाज तथा प्रगति बिवरण सार्वजनिक गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले आफू आएपछि असोज ६ गते देखी हालसम्म कार्यालयले गरेका कार्यहरुको सार्वजनिक गरेका छन । सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुको सहजताका लागि हुलाक टिकट काउण्टर स्थापना, वैदेशीक रोजगारीमा जानेहरुको सहजताका लागि आप्रवासी कार्यक्रम (सामी) सञ्चालन कार्यलय परिसर हरित बगैचा कार्यक्रम लगायतका कार्यहरु गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

त्यस्तै कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने पहल अन्तिम चरणमा पुगेको, प्रशासनमा शनिवार बाहेकको समयमा पनि सेवा प्रवाह भइरहेको बताए । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै बिहान १० बजे देखी साझ ७ बजे सम्म नै सेवा दिने गरेको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।

त्यसैगरी २०७७ देखिका भूकम्प पीडित तथा मनसुनजन्य विपद्बाट प्रभावितहरुको क्षतिपूर्ति वितरण कार्य भइरहेको, विपद् प्रतिकार्य योजना बन्दै गरेको तथा आवश्यक विपद्जन्य सामग्री र रकम मौज्जाद रहेको प्रमुख जिल्ला अधिकारी पाध्याले सार्वजनिक गरेका छन ।

प्रमुख जिल्ला अधिकारी पाध्याले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति वितरण सार्वजनिक गर्दै प्रशासनको हालसम्म ७० प्रतिशत बजेट खर्च, व्यवस्थित कार्यालय व्यवस्थापन, बजार अनुगमन तथा विकास निर्माणका काममा तीव्र रुपमा पहल कदमी भइरहेको बताए ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाध्या सहित सुरक्षा निकायका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा सूचना अधिकारी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार