मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • जाजरकोटको नलगाडमा दुर्घटना : चार जनाको मृत्यु

जाजरकोटको नलगाडमा दुर्घटना : चार जनाको मृत्यु

  • बिहिबार, मंसिर २७, २०८१
सेयर गर्नुहोस् :
जाजरकोटको नलगाडमा दुर्घटना : चार जनाको मृत्यु

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–३ कटकेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बोलेरो गाडी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो । गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको नम्बर नखुलेको गाडी बिराखोलामा झरेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा चालक इन्द्रजित थापासहित शारदा थापा, शिला पुन र लक्ष्मी पुनको मृत्यु भएको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटाका डिउटी अफिसरले बताएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार