शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

  • शुक्रबार, कार्तिक २, २०८१
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएकोछ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए । नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

अनिल २७ रनमा अली खानको बलमा एलबीडब्लू आउट भए । आसिफ शेख २७ बलमा ४ चौकासहित २७ रनमै स्पिनर हरम्रित सिंहको बलमा बोल्ड आउट भए । हरमीतले गुल्सन झालाई ११ र नोष्थुस केंजिगेले कुशल भुर्तेललाई १० रनमा बोल्ड आउट गरे ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार