शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाचार
  • घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको छः मन्त्री पाण्डे

घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको छः मन्त्री पाण्डे

  • शुक्रबार, अशोज १८, २०८१
घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको छः मन्त्री पाण्डे

काठमाडौं– संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन । मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रातिकालीन उडानको व्यवस्था मिलाएको बताएका हुन ।

मन्त्री पाण्डेले भने, बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल,गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ ।

साथै मन्त्री पाण्डेले रात्रीकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि राति अपरेशनको समयमा आवश्यकता अनुसार उडान हुने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार