शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाचार
  • बाढीग्रस्त फोहोर ब्यवस्थापनमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी

बाढीग्रस्त फोहोर ब्यवस्थापनमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी

  • शुक्रबार, अशोज १८, २०८१
बाढीग्रस्त फोहोर ब्यवस्थापनमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी केही दिन अगाडी बाढिले तहसर नहस भएको काठमाण्डौका बिभिन्न ठाउँको सरसफाईमा अग्रसर भएको छ । काठमाडौं महानगर ११ नम्बर वडामा रहेको त्रिपुरेश्वर सुकुम्बासी बस्तिमा अस्तिको अविरल वर्षाको कारण क्षतिग्रस्त भएकोमा काठमाडौं महानगरले वेवास्ता गरेपछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले उक्त फोहोर उठाएर टेकु स्थित डम्पिङ साइडमा पुगाई व्यवस्थापन गरिरहेको छ ।
महामारी प्रकोप फैलिने त्रास भयो यहाबाट बचाउन पर्यो भनेर सुकुम्बासी बस्तिका आम नागरिकले गुनासो गरे पछि र सो गुनासालाई महानगरले सम्बोधन नगरेको भन्दै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी अग्रसर भएर सरसफाईमा जुटेको अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले जनाएको छ ।
सुकुम्बासी बस्तीको फोहोर ब्यवस्थापनमा महानगर गुमनाम बनेपछी नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले आफै उक्त फोहोर व्यवस्थापन गरेर महानगरलाई चुनौती दिएको हो । ‘देशको राजधानीमै लामो समयसम्म उद्धारको प्रतीक्षा गर्दागर्दै अन्ततः बाढीसँगै बग्नुपर्ने जुन अत्यन्तै पीडादायी अवस्था रहेकोले यस दुखद क्षेणमा सबैले आ आफ्नाे तह र तप्काबाट सहयाेगमा लाग्न अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार