बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरामा तीन दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

बाजुरामा तीन दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

  • बिहिबार, अशोज १७, २०८१
बाजुरामा तीन दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

बाजुरा--बाजुरा जिल्लामा तीन दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरिय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको हो ।

१५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ । बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको तार चुडिएपछि जिल्लामा एनटी फाइवरको इन्टरनेट सेवा अवरुद्ध नेपाल जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युतको लाईन विस्तार गर्ने क्रममा इन्टरनेट सेवाको तार चुटाएको टेलिकमले जानकारी दिएको छ । कार्यालयका अनुसार चुडिएको तार जडान गर्न प्राविधिकको टोली धनगढीबाट आउनुपर्ने हुँदा केहि ढिलाई भएको जनाएको छ । अहिले सो ठाउँमा मर्मत कार्य भइरहेकाले आज साँझसम्म इन्टरनेट सेवा सुचारु हुने भएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले विना जानकारी विद्युतको लाइन मर्मत कार्य गरेर इन्टरनेटको तार चुडाएको भन्दै जाँचबुझ गरेर कारवाही गरिने बताएका छन् ।

दशैंको मुखैमा इन्टरनेट सेवा अवरुद्ध भएपछि सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयसंगै बैक तथा वित्तिय संस्थाहरुका दैनिक कामकाज प्रभावित भएको छ ।

त्यस्तै जिल्लामा केहि दिनदेखि निरन्तर विद्युत सेवा पनि अवरोध हुदैँ आएको छ । अछाम वितरण केन्द्रले सेवा क्षेत्रभित्र विस्तार गरिएको लाइन अन्तर्गत रुखका हाँगा तथा काठहरु काट्ने काम भइरहेकाले आज बाजुरामा पनि विद्युत सेवा अवरोध भएको छ ।

चाडवाडको मुखैमा इनटरनेट तथा विद्युत सेवा अवरोध हुन थालेपछि कार्यालयका कामकाजसँगै नागरिकको दैनिक समेत कष्टकर जस्तै बन्न थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार