• होमपेज
  • समाज
  • झ्याप्ले खोलामा भेटियो थप ३ शव

झ्याप्ले खोलामा भेटियो थप ३ शव

  • आइतवार, अशोज १३, २०८१
झ्याप्ले खोलामा भेटियो थप ३ शव

काठमाडौं — झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका तीनै जनाको शव निकालिएको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली उद्धारमा खटिएको छ ।

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार