• होमपेज
  • समाचार
  • सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

  • बिहिबार, अशोज ३, २०८१
सरकारले सहुलियत पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने

काठमाडौँ —सरकारले बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । जसमा दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रति केजी ७ रुपैयाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा प्रतिकेजी ७ रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यका ४ स्थानहरू (थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानहरूमा कम्पनीको विक्री कक्षहरू राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ गतेसम्म सञ्चालन हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार