• होमपेज
  • समाचार
  • करिब एक हजार कैदीको बाँकी सजाय माफी रोकियो, भोलि नछुट्ने

करिब एक हजार कैदीको बाँकी सजाय माफी रोकियो, भोलि नछुट्ने

  • बुधबार, अशोज २, २०८१
करिब एक हजार कैदीको बाँकी सजाय माफी रोकियो, भोलि नछुट्ने

काठमाडौं — संविधान दिवसको दिन बिहीबार कैद छुट पाएर कोहीपनि नछुट्ने भएका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोहीपनि नछुट्ने बताए । उनले गृह कार्य नपुगेका कारण रोकिएको बताए ।

‘वर्षमा चारपटक माफी दिने भन्ने हो, संविधान दिवसमा दिनैपर्छ भन्ने होइन । दशैँमा पनि दिन सकिन्छ’, सहसचिव भट्टराईले बताए । यसअघि सरकारले गत गणतन्त्र दिवसका अवसरमा पनि कसैलाई पनि बाँकी सजाय माफी गरेर छाडेको थिएन ।

त्यसपछि ६ सय २० जनाको सूची निकालेर उजुरी भए आह्वान गरिएको थियो। उनिहरुलाई कसैलाई पनि छाडिएको छैन । दुई साताअघि थप ४ सय ९२ जनाको सूची निकालेर उजुरी आह्वान गरिएको थियो ।

कारागार व्यवस्थापन विभाग प्रमुख भट्टराईले जनस्तरबाट विवाद आउन नदिन गृह कार्य भएकाले समय लागेको बताए ।

योगराज ढकाल रिगल कान्डपछि सरकारले ज्यान मुद्धाका कैदीलाई पीडितका आफन्तको सहमति लिएर मात्र छाड्न लागेको छ । यसरी सहमती लिएर दुईपटक सूची निकालिएपनि सरकारले दोस्रोपटक विशेष अवसरमा कैद सजाय छुट दिन रोकिएको हो । नेपाल प्रेस

चर्चामा

सम्बन्धित समाचार