• होमपेज
  • समाचार
  • चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

  • मङ्लबार, भदौ २५, २०८१
चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

काठमाडौं – सरकारले पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस गरिएको हो । सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार