• होमपेज
  • समाचार
  • प्रस्तावित राजदूतहरूका उजुरीकर्तासँग आज छलफल

प्रस्तावित राजदूतहरूका उजुरीकर्तासँग आज छलफल

  • शुक्रबार, भदौ १४, २०८१
प्रस्तावित राजदूतहरूका उजुरीकर्तासँग आज छलफल

विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरीकर्ताहरुसँग आज छलफल हुने भएको छ । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेको हो ।

प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ । त्यसपछि भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने बताइएको छ ।

राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

चर्चामा

सम्बन्धित समाचार