• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा मार्तडी बजार सरसफाई

बडिमालिका नगरपालिकाद्धारा मार्तडी बजार सरसफाई

  • बुधबार, साउन ३०, २०८१
बडिमालिका नगरपालिकाद्धारा मार्तडी बजार सरसफाई

बाजुरा —बडिमालिका नगरपालिकाले मार्तडी बजार सरसफाई गरेको छ । “बडिमालिका नगरपालिकाको शान, महिनाको एक दिन अनिवार्य श्रमदान” भन्ने मूल नाराका साथ नगरपालिकाले सुरु गरेको श्रमदान अभियान अन्तर्गत बुधवार मार्तडी बजार सरसफाई गरेको हो ।

जिल्लाको सदरमुकाम मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको व्यवस्थापन गर्न नगरपालिकाले अभियानका रुपमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिरहेको जनाएको छ ।

भाद्र २ गते लाग्ने बडिमालिका मेलालाई लक्षित गर्दै सदरमुकाम मार्तडी क्षेत्रमा आवतजावत तथा अत्याधिक चहलपहल हुने गरेकाले अभियान अन्तर्गत खुला मञ्च हुदै कारागार कार्यालयसम्म सरसफाई गरिएको बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाले बताएकी छन । मार्तडी बजारलाई स्वच्छ बनाउन नगरपालिकाले सरसफाई अभियानकै रुपमा कार्यक्रम गर्ने गरेको भएपनि स्थानीयको सहभागीता नदेखिएको भन्दै सबैले आ-आफ्नो घर पसल अगाडी अनिवार्य सरसफाई गर्न निर्देशन दिइएको उपप्रमुख थापाले जानकारी दिएकी छन् ।

बजार सरसफाईसँगै फोहोर वस्तु नगरपालिकाको टिपरमा संकलन गरेर थप सरसफाईमा ध्यान दिन बजार व्यवसायीहरुलाई सचेत गराएको जनाएको छ ।

बजार सरसफाई कार्यक्रममा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, उप्रमुख नन्दा थापा, प्रमुख प्रसाशकिय अधिकृत बमबहादुर केसी, प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिलीपकुमार गिरी, वडा अध्यक्ष,नगरपालिकाका कर्मचारी, उद्योग वाणीज्य संघ बजार, प्रहरी कर्मचारी, सशस्त्र प्रहरी बलका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार