• होमपेज
  • समाचार
  • आजको मौसम कुन प्रदेशमा कस्तो ?

आजको मौसम कुन प्रदेशमा कस्तो ?

  • सोमवार, साउन २१, २०८१
आजको मौसम कुन प्रदेशमा कस्तो ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका कैही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, कोशी र बागमती प्रदेशका एकदुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार