• होमपेज
  • क्रिकेट
  • ग्लोबल टी-२० मा नेपाली जोडी : दीपेन्द्रले ३० रन बनाउँदा सन्दीपले लिए एक विकेट

ग्लोबल टी-२० मा नेपाली जोडी : दीपेन्द्रले ३० रन बनाउँदा सन्दीपले लिए एक विकेट

  • सोमवार, साउन १४, २०८१
सेयर गर्नुहोस् :
ग्लोबल टी-२० मा नेपाली जोडी : दीपेन्द्रले ३० रन बनाउँदा सन्दीपले लिए एक विकेट

काठमाडौँ – ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले ७ विकेटको क्षतिमा १४४ रन बनायो।

मोन्ट्रियलविरुद्धको बलिङमा नेपालका सन्दीप लामिछानेले एक विकेट लिए। चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएर एक विकेट हात पारेका हुन्। योसँगै प्रतियोगितामा उनले तीन खेल खेल्दा व्यक्तिगत चार विकेट हात पारेका छन्। १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभरका लागि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने नटआउट ३० रन बनाए। १५ बलको सामना गरेका दीपेन्द्रले तीन चौका र एक छक्का प्रहार गरे।

नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि भ्यानकुभरले लगातार तेस्रो हार खाएको छ। यसअघिका दुवै खेलमा गुमाएको भ्यानकुभरले आइतबार रातिको खेल १० रनले गुमाएको हो। १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर ६ विकेटको क्षतिमा १३४ रनमै समेटिएको हो। सन्दीप ब्याटिङतर्फ दुई बलको सामना गरेका सन्दीपले नटआउट १ रन बनाए।

६ टोली सहभागी प्रतियोगितमा भ्यानकुभर जितबिहीन छ। यसअघि शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको थियो। उक्त खेलमा लामिछानेले दुई विकेट लिएका थिए। पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। ब्याटिङतर्फ २ बलको सामना गरेका दीपेन्द्रले १ रन मात्र जोडेका थिए। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडेका थिए।

भ्यानकुभरको पहिलो खेल
पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो। टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो।

सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो। रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए।

चर्चामा

सम्बन्धित समाचार