शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • एक तोला गहनाको मूल्य १ लाख ६८ हजार !

एक तोला गहनाको मूल्य १ लाख ६८ हजार !

  • सोमवार, असार ३१, २०८१
एक तोला गहनाको मूल्य १ लाख ६८ हजार !

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भयो । गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ शुक्रबारको तुलनामा आइतबार बढेको छ । त्यसअनुसार नेपाल बजारमा पनि सुनको भाउ बढ्नुपर्ने हो । तर डलरको मूल्यमा आएको गिरावटका कारण नेपाली बजारमा भाउ बढ्न पाएन ।

नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय पुगेको छ तर उपभोक्ताले एक तोलाको गहना बनाइसक्दा त्यसको मूल्य कम्तीमा १ लाख ६८ हजार ७ सय ५ रुपैयाँ पुग्छ
व्यवसायी भन्छन्– ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ २५ सय डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ, त्यसैले नेपाली बजारमा थप बढ्न सक्छ

चर्चामा

सम्बन्धित समाचार