• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा कारागारमा इन्वर्टर जडान , जीर्ण भवन हुँदा सुरक्षामा चुनौती

बाजुरा कारागारमा इन्वर्टर जडान , जीर्ण भवन हुँदा सुरक्षामा चुनौती

  • शनिबार, जेष्ठ २६, २०८१
बाजुरा कारागारमा इन्वर्टर जडान , जीर्ण भवन हुँदा सुरक्षामा चुनौती

टेक बहादुर बुढा —बाजुरा जिल्ला कारागारमा इन्वर्टर जडान गरिएको छ । जिल्लामा दैनिक विद्युत सेवा अनियमित हुदै आएकाले कारागारमा नियमित उज्यालोका लागि एक सय ६० एमपिएर क्षमताको एक ब्याट्री भएको इन्वर्टर जडान गरिएको जनाएको छ ।

कारागारमा कैदीबन्दीहरुको सहजताका लागि न्युन क्षमताको भएपनि रातभर उज्यालो होस् भन्नका लागि कार्यालयले बजेट व्यवस्थापन गरेर इन्वर्टर जडान गरिएको बाजुरा कारागार प्रमुख जेलर अनिल तिवारीले बताएका छन् । विद्युत सेवाको समस्यालाई मध्यनजर गरेर रातभर करागार उज्यालो बनाउनका लागि इन्वर्टर जडान भएपनि जीर्ण भवनमा क्षमता भन्दा तीन गुणा कैदी हुँदा सुरक्षामा भने चुनौती रहेको उनले बताए ।

२५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले ६८ जना कैदीबन्दी हुँदा जीर्ण भवनमा अध्यारोको सामना गर्नु नपर्ने र उज्यालो भएपछि कैदी भाग्ने जस्ता सम्भावित घटनाबाट पनि जोगिने कारागार प्रमुख जेलर तिवारीले बताए । उनले भने,“ जीर्ण भवन त्यसैमा क्षमता भन्दा तीन गुणा बढी कैदी हुँदा राति विद्युत सेवा अवरुद्ध भएको समयमा कैदी भाग्ने जस्ता घटनाको डर थियो, त्यो डर अहिले तत्काल हटेको छ ।”

२५ जना कैदी बस्ने क्षमता भएको बाजुरा कारागारमा अहिले ४४ कैदी र २४ थुनुवा गरि ६८ जना कैदीबन्दी बस्दै आएका छन् । २०३७ सालमा बनेको बाजुरा कारागारको भवन जीर्ण भन्दै गएपनि कतैबाट पनि मर्मतका लागि पहल नहुँदा सुरक्षामा चुनौति थपिनुका साथै कैदीबन्दीले कष्टकर जीवन बिताइरहनु परेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार