• होमपेज
  • समाज
  • बाजुरामा अदालतले दोषी ठहर गरेका फरार प्रतिवादी पक्राउ

बाजुरामा अदालतले दोषी ठहर गरेका फरार प्रतिवादी पक्राउ

  • सोमवार, जेष्ठ २१, २०८१
बाजुरामा अदालतले दोषी ठहर गरेका फरार प्रतिवादी पक्राउ

बाजुरा— बाजुरामा बहुबिवाह सम्बन्धी कसुर मुद्धामा अदालतले दोषि ठहर गरेपछि फरार रहेका एक जना पक्राउ परेका छन् । करिब दुई बर्षदेखि फरार रहेका जिल्लाको बडिमालिका नगरपालिका ७ जिल्लीका २८ बर्षिया मन बहादुर बिकलाई  सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलिले बिकलाई गाउँमै फेला पारेर पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत बाजुरामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फरार रहेका विकलाई जिल्ला अदालत बाजुराले २०७९ असार २९ गते बहुबिवाह सम्बन्धी कसुर मुद्धामा ११ महिना ७ दिन कैद र दश हजार जरिवाना तोकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार