• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरा कारागारका कैदीलाई पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम

बाजुरा कारागारका कैदीलाई पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम

  • आइतवार, जेष्ठ २०, २०८१
बाजुरा कारागारका कैदीलाई पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम

टेक बहादुर बुढा– बाजुरा जिल्ला कारागारका कैदीबन्दीहरुलाई हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको छ । बाजुरा कारागारको आयोजनामा कारागारका करिब ६० जना कैदीलाई पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको हो । पाचँ दिने तालिम बिहिवार अर्थात १७ गते सुरु भएर आइतबार समापन भएको जिल्ला कारागार बाजुराले जनाएको छ । जेलभित्रका कैदीहरुलाई आफैं आत्मनिर्भर बनाएर प्रदेशकै नमुना कारागार बनाउने उदेश्यका साथ पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको बाजुरा कारागारले जनाएको छ ।

No description available.
तालिममा प्रशिक्षक सुस्मिता थापामगर र नन्दी थापाले कैदीहरुलाई पाचँ दिनसम्म हार्पिक, फिनेल तथा साबुन उत्पादनको तालिम दिएर सोमबार समापन गरिने कार्यक्रम कारणवस आइतबार नै समापन गरिएको कारागारले जनाएको छ ।
हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम सिकेपछि कारागारका कैदीबन्दीहरुले तालिममा सिकेको सिप दैनिक जीवनमा लागु गर्ने र स्वास्थ्यका दृष्टिले पनि तालिम फलदायी भएको बताएका छन् ।

No description available.
आगामी दिनमा कैदीहरुलाई करागारमै थप तालिम दिने र उनीहरुले सिकेको सीपले उत्पादन गरेका सामनहरुको बजारीकरणका लागि पहल भइरहेको कारागार प्रमुख अनिल तिवारीले बताएका छन् । समापन कार्यक्रममा प्रशिक्षक र कैदीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

No description available.
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा सञ्चालन भएको पाचँ दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि रमेश अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख मान बहादुर चाड, प्रशिक्षक सुस्मिता थापामगर, नन्दी थापा, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बाजुरा कारागार प्रमुख अनिल तिवारीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार