मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

  • सोमवार, चैत्र ५, २०८०
कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी— गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले जानकारी दिए ।

गत २८ गते विरगञ्जबाट लाइटर बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । ट्रकको आगो पुलमा समेत सल्किएपछि सामान्य क्षति भएको थियो ।

सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार