
बाजुरा —नेपाली सेनाको २६१ औं बार्षिकोत्सवको अवसरमा बाजुरामा युनिटी रन २०८० (१० किमी दौड) सञ्चालन हुने भएको छ । नेपाली सेना गुल्मको आयोजनामा फागुन २४ गते मार्तडीको ब्यारेकमा युनिटी रन २०८० सञ्चालन हुने भएको हो । महाशिवरात्री तथा नेपाली सेनाको स्थापना दिवसको अवसर पार्दै युनिटी रन आयोजना गरेको छ ।
नेपाली सेनाको गुल्मले बाजुराका सरकारी कार्यालय, पालिका तथा स्थानियहरुलाई युनिटी रन २०८० मा सहभागी हुन आज एक सूचना जारी गरेको छ । युनिटी रनमा सहभागी हुने ईच्छुकले गुल्मको कार्यालयमा सम्पर्क गरि फागुन २३ गतेको दिउँसो २ बजेभित्र रजिष्ट्रसन गर्न सकिने जनाएको छ ।
उक्त युनिटी रनमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई आर्कषक नगद पुरस्कार तथा प्रमाण पत्र तथा चौथो र पाचौंलाई सान्त्वना पुरस्कार र प्रमाण पत्र साथै सहभागीलाई युनिटी रनको टिसर्ट र प्रमाण पत्र प्रदान गरिने नेपाली सेना बाजुराले जनाएको छ ।


