• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमको लगानी सम्मेलन हाललाई स्थगित गर्ने निर्णय

सुदूरपश्चिमको लगानी सम्मेलन हाललाई स्थगित गर्ने निर्णय

  • शुक्रबार, माघ १९, २०८०
सुदूरपश्चिमको लगानी सम्मेलन हाललाई स्थगित गर्ने निर्णय

धनगढी —सुदूरपश्चिम प्रदेश सरकारले फागुन २३ र २४ गते आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलन हाललाई नहुने भएको छ।

सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। तर सो निर्णय भने प्रदेश सरकारले हालसम्म सार्वजनिक नगरेको पाइएको हो।

सम्मेलनका कार्यकारी समितिका सदस्य नृप सुनारले तयारी नपुग्ने भएको हुँदा आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार