• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

  • शुक्रबार, माघ ५, २०८०
सेयर गर्नुहोस् :
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु

धनगढी— सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु हँदैछ।

दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाको पहिलो र दोस्रो अधिवेशन भने कामै नपाएर टुंग्याएको थियो। तेस्रो अधिवेशन सुरु हुने बेलासम्म पनि कुनै बिजिनेस छैन।

‘सरकारले अहिलेसम्म एउटा पनि विधेयक पठाएको छैन,’ सभामुख भीमबहादुर भण्डारीले भने, ‘बैठक आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र पढ्ने काम होला जस्तो छ।’ अन्य काम नभएकाले बैठकमा प्रमुख दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची राखिएको छ। प्रदेश सभा सदस्यहरुले सरकारले बिजिनेस नदिएको भन्दै सुरुदेखि नै आलोचना गर्दै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार