शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदुरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

सुदुरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

  • बुधबार, माघ ३, २०८०
सेयर गर्नुहोस् :
सुदुरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। साथै तराई भू–भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार