• होमपेज
  • समाज
  • पैसा कमाउन गएको छोरा ८ बर्षपछि अर्धचेत अबस्थामा घर पुग्दा

पैसा कमाउन गएको छोरा ८ बर्षपछि अर्धचेत अबस्थामा घर पुग्दा

०७२ भुकम्पमा परेर होस नआएर जिवित रहेका एक्ला कृष्णहरी

  • मङ्लबार, माघ २, २०८०
पैसा कमाउन गएको छोरा ८ बर्षपछि अर्धचेत अबस्थामा घर पुग्दा

प्रकाश सिंह– नुवाकोट बेलगोटगढि नगरपालिका -३ घर भएका बर्ष ३४ का कृष्णहरि पुडासैनी २०७१ चैतमा आमा राधा पुडासैनीलाइ आमा म ६ महिना पछि आउछु भनेर टिकाटालो गरेर घर बाट निस्के । कृष्णहरि पर्यटक गाइड थिए् । आमाले घर बाट छोरालाइ निस्कदा छोरा हिमालमा जादा हिउँ पहिरो आउछ, बाटोमा हिड्दा बिचार गरेर जानु बचेर काम गर्नु, चाडै फर्केर आउनु भनेकि थिइन् ।

त्यहि घरको आगनबाट आमाले बिदाइ गरेको छोरालाइ ८ बर्षपछि त्यहि घरको आगनमा पैसा कमाउन गएको छोरा अर्धचेत अबस्था देखिन् । मेडिकल पुर्नस्थापना संस्थाको टिमले एम्बुलेन्स मार्फत कृष्णहरीलाइ घर पुगाएका थिए । छोरालाई आगनमा पुगाएपछि आमाले भक्कानीएर रुदै भनिन्, छोरा पैसा ल्याएर आउछु भन्थीयौ, आज लास बनेर आयौ । मैले धर्ती बिसाउने बेला छोराका यो हालत भयो आमा भक्कानीईन् ।
आमा राधाले भनिन्, छोरालाइ पैसा कमाएर ल्याउछु केटी हेरिराख्नु मंसिर सम्म बिहे गरमला भनेको थियो । दैबको लिला भनम कि मेरो भाग्य हो, छोराको त्यो सपना पनि अधुरै रहयो । आफु काठमाडौ जान नसकेपनि पटक पटक मेरो छोरा होस आएर आमा भन्दै घरमा आउछ भनेर सधै पर्खाइमा बसे आज छोरा बेहोस अबस्थामा घर पुगेको राधाले वताईन् ।
काठमाडौ हुदा सम्म संस्थाले सहयोग गरेको थियो । संस्थाले पनि ८ बर्ष सम्म सहयोग गरेको थियो, अब घरमा ल्याएपछि कसरी छोरालाइ बचाउने चिन्ता भएको राधाले वताईन् । सरकारले पनि वेवास्ता गरेको छ, मेरो छोराको सास हुदा सम्म त सरकारले हेर्नुपर्ने उनको भनाई छ । छोराको यो अबस्था देखी आमा समेत अहिले अस्वस्थ अबस्थामा रहेकी छन् ।
देशभरी मंगलवार २६ औं भुकम्प सुरक्षा दिवस २०८० मनाएर बिभिन्न कार्यक्रम भए । दिवस मनाएर भुकम्प बाट बच्ने उपाय तथा भुकम्प पछिको ब्यबस्थापनका बारेमा जानकारी दिए । तर नुवाकोट बेलगोटगढि नगरपालिका -३ घर भएका ३४ बर्षिय कृष्णहरि पुडासैनी ०७२ को भुकम्प देखी अहिले सम्म अर्धचेत अबस्थामा छन् । २०७२ बैशाख १२ को भुकम्पमा परेर घाइते उनको अहिले सम्म होस आउन सकेको छैन् । कृष्णहरी भुकम्प बाट घाइते भएर अर्धचेत अबस्था रहेका सम्भबत एक्ला उनि मात्र हुन् ।
२०७२ बैशाख १२ को भुकम्पमा परेर ०७२ को भुकम्प देखी अर्धचेत अबस्थामा छन्, नुवाकोटका कृष्णहरी  घाइते भए । कृष्णहरि पर्यटक गाइड हुन् । रसुवाको लामटाङ्गमा जाँदै गर्दा भुकम्पमा परेर घाइते भए । भुकम्प सँगै पहिरो आयो भागदौड गर्दा माथि बाट आएको पहिरो सँगै ढुङगा लागेर घाइते भएका थिए । १३ जनाको इजरायली पर्यटक लिएर गएका कृष्णहरि चार दिन एउटै ठाउँमा अलपत्र परेका थिए । चार दिनपछि हेलिकप्टर बाट उद्धार भएको थियो ।
उनि पहिरोमा पर्दा खुट्टामा घाउ भएको थियो । घाइते कृष्णहरी शुरुमा अलि अलि बोल्न र खान सक्ने गरेका थिए । उपचारका क्रममा उनि असार ०७२ असार १२ गते एकाएक बेहोस भएको बुवा लिलानाथ पुडासैनीले वताएका छन् । उनको शुरुमा बालाजु जनमैत्रि अस्पतालमा ५० दिन सम्म भेन्टिलेटरमा राखेर उपचार भएको थियो । बालाजु जनमैत्रि अस्पतालमा उनको होस नआएपछि ट्रामा सेन्टरमा अस्पतालमा लगेर छोडेको बुवाले वताए । ट्रमा सेन्टरमा ९ महिना १४ दिन राखेको थियो, उनको होस आउने अबस्था नभएपछि ट्रमा सेन्टरले घर लिन भनेका थिए ।
अस्पतालले घर लिन भनेपछि अर्धचेत अबस्थामा रहेको छोरा बोकेर लिलानाथलाइ घर लिन निकै समस्या भएको थियो । उनलाइ छोरा होसमा आउन सक्ने आशमै काठमाडौमा रहेका बिभिन्न सहयोगिलाइ उपचार तथा राख्न सहयोगका लागि हारगुहार गरे । धेरै प्रयास पछि काठमाडौमा रहेको मेडिकल पुर्नस्थापना संस्थाले उपचारमा तथा खान बस्न ब्यबस्थापन गर्ने गरि संस्थाले राखेको थियो ।
मेडिकल पुर्नस्थापना संस्थाले करिब ८ बर्षबढी समय सम्म काठमाडौमा राखेर उपचार तथा खान बस्नको ब्यबस्थापन गरेको थियो । ८ बर्ष सम्म पनि होसमा नआएपछि कृष्णहरि पुडासैनीलाइ उनका परिवारले घरमा लगेर राखेका छन् । हामिले ८ बर्ष सम्म उपचार देखी खान बस्ने सहयोग गरेका थियौ, उनको होस नै नआएपछि हामिले घरमा पुगाएको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । हामिले सक्ने सहयोग गरेका थियौ, ०७२ को भुकम्पमा घाइते भएर अर्धचेत अबस्थामा रहेको जिवित एक मात्र ब्यक्ति कृष्णहरी हुन सक्ने बस्नेतले वताएका छन् ।
कृष्णहरि एक महिना देखी आफ्नो जन्मभुमिमा रहेका छन् । उनि अर्धचेत भएदेखि नै नाकमा पाइप लगाएर तरल पदार्थ खुवाउने गरेका छन् । उनि मुख बाट खान नसक्ने अबस्था भएपछि नाखमा पाइप राखेर झोल पदार्थ खुवाएर उनको ज्यान बाचिरहेको सामाजि अभियान्ता देबेन्द्र गुरुङले वताएका छन् ।
कृष्णहरीलाइ महिनामा १६ हजार जति मुल्यको औषधिमा लाग्ने गरेको छ । अहिले सम्म त केही संस्थाले सहयोग गरेको थियो, अब घरमा ल्याएपछि सबै आफैले खर्च गर्दा अब छोरा मर्ने बाहेक बिकल्प केही नभएको बुवा लिलानाथले वताए । अधचेत अबस्थामा रहेका कृष्णहरिको उपचारमा राज्य बाट ५० हजार मात्र पाएको परिवारले वताएका छन् ।
बिहान उठ्ने बित्तिकै छोरा होसमा आयो कि भनेर कृष्णहरि, कृष्णहरि भनेर बुवा सधै बोलाउछन् । ८ बर्ष देखि होस नआएका ३४ बर्षिय छोरालाइ होस आउने आशमा बुवा लिलानाथ सधै बिहान आशमा उठ्छन । तर सधै अबस्था त्यहि नै हुन्छ ।
कृष्णहरि जिउदै भएपनि मरेसरह नै छन् । न उनि बोल्न सक्छन्, न उ केहि थाहा पाउछन्, उनि रातदिन त्यहि बेडमा हुन्छन् । त्यहि छोराको स्याहारमा बुवा ८ बर्ष देखि सबै छोडेर काठमाडौंमा बसे । कृष्णहरि खाना खान सक्दैनन्, उनलाइ नाक बाट पाइपको साहाराले तरल पर्दाथ खुवाउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार