• होमपेज
  • राजनीति
  • नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

  • शुक्रबार, पुस २७, २०८०
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

धनगढी —नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् ।

टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए ।

रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम आफैं अध्यक्ष बनेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार