• होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने

  • बुधबार, पुस २५, २०८०
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ ।

निर्वाचन आयोगको तालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध हिजो दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो।

मनोनयन दर्ता गरेका दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध एमालेकै उमेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन्।

यी दुई उजुरीमा निर्वाचन आयोगले आज र भोलि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, पुस २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

यसैगरी पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार