• होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा निर्वाचनका लागि राप्रपाले टुंग्यायो ९ जना उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनका लागि राप्रपाले टुंग्यायो ९ जना उम्मेदवार

  • आइतवार, पुस २२, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि राप्रपाले टुंग्यायो ९ जना उम्मेदवार

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुुसार कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवारका रुपमा अघि सारिएको छ ।

यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको बताइएपनि नामावली सार्वजनिक गरिएको छैन ।

राप्रपाले सत्ता गठबन्धनबाट भाग खोजेको भएपनि कुनै सुनुवाइ नभएपछि आफ्नै ढंगले उम्मेदवार तय गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार