बाजुरा– बाजुरामा भोली शनिबार बिजुली जाने भएको छ । शनिबार नेपाल बिधुत प्राधिकरण डोटी बितरण शाखा अन्तरगत स्याउले देखी दिपायल सम्मको ३३ केभी लाइनमा रुखका हाँगा झाडी कटान हुने भएकोले बिजुली जाने भएको हो ।
प्राधिकरणका अनुसार बिहान ९ बजेदेखि शाझँ ५ बजेसम्म बिजुली जाने छ । दिपायल देखी अछाम र बाजुरामा वत्ति जाने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बाजुरा शाखाले जनाएको छ ।
रुखका हागाबिगा कटान समयमै सकिएमा तोकिएको समय भन्दा अगावै बिजुली दिन सकिने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बाजुरा शाखाले जनाएको छ ।