• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

  • शुक्रबार, पुस १३, २०८०
बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

बाजुरा– युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परि मृत्यु भएकाे छ । गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटनामा परि नाथको मृत्यु भएकाे हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले जनाएकाे छ ।

 ३४ वर्षका नाथको ज्यान गएको प्रहरीले जानकारी दिएका छन् । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सियाढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिएका छन् । जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर प्रमुख मदन रोकाया गम्भीर घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिका ६ घर भएका नाथ आफै चालक र जीप धनी हुन् ।

जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । उद्योग वाणिज्य संघ बाजुराको पदाधिकारी समेत रहेका नाथ जयमालिका प्रालि यातायातका महासचिव समेत हुन् । रेडियो पौरखीबाट सञ्चार कर्म सुरु गरेका नाथले मार्तडीमा बेम्वाे कटेज समेत सञ्चालन गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार