• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • नवप्रर्वतन कार्यक्रम सञ्चालन अनुदानका लागि सुदूरपश्चिमका ५८ पालिका छनौट

नवप्रर्वतन कार्यक्रम सञ्चालन अनुदानका लागि सुदूरपश्चिमका ५८ पालिका छनौट

बाजुराका चार पालिका छनौट

  • शनिबार, पुस ७, २०८०
नवप्रर्वतन कार्यक्रम सञ्चालन अनुदानका लागि सुदूरपश्चिमका ५८ पालिका छनौट

धनगढी— नवप्रर्वतन कार्यक्रम सञ्चालन अनुदानका लागि सुदूरपश्चिमका ५८ पालिका छनौटमा परेका छन्।

स्थानीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ। मन्त्रालयले बैतडीको दशरथचन्द, पाटन तथा पुरर्चौंडी नगरपालिका र सिगास गाउँपालिकालाई अनुदानका लागि छनौट गरेको छ।

मन्त्रालयले कैलालीका १०, कञ्चनपुरका ८, दार्चुलाका ८, बझाङका ७, अछामका ७, डोटीका ६, बैतडी, डडेल्धुरा र बाजुराका चार÷चारवटा स्थानीय तहलाई छनौट गरेको छ। मन्त्रालयले नवप्रर्वतन कार्यविधि अनुसारका योजना सञ्चालन गरेवापत पाउने ससर्त अनुदानका लागि योग्य भएको भन्दै पालिकाहरुको सूची सार्वजनिक गरेको हो।

गत आर्थिक वर्षमा वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि बमोजिम मूल्यांकन गरेको, गत आथिक वर्षमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा भाग लिइ तोकिएको समयमा स्वमूल्यांकन गरेका स्थानीय तहलाई ससर्त अनुदान पाउन योग्यका रुपमा सुचीकरण गरिएको छ।

त्यस्तै गत आर्थिक वर्षमा तोकिएको समयमै बजेट ल्याएका र पछिल्लो आर्थिक वर्षमा महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार ५ प्रतिशतभन्दा बढी बेरुजु नभएका स्थानीय तहले मात्र नवप्रवर्तनमा आधारित कार्यक्रम सञ्चालनका लागि अनुदान रकम पाउने भएका हुन्। छनौट भएका पालिकाहरुले दुईदेखि पाँच लाखसम्म अनुदान पाउने छन्।

चर्चामा

सम्बन्धित समाचार