बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

बाजुरामा तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

  • शुक्रबार, कार्तिक १७, २०८०
बाजुरामा तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

बाजुरा– नेपालीहरुको महान पर्व सुभ दिपावली लगायतका तिहारहरु नजिकिएसगै बाजुरामा रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले सार्बजनिक सुचना जारी गर्दै सो कुरा बताएको हो । लामो समय राती अबेर सम्म देउसी भैलो खेल्दा चोरी डकैती लगायतका घटनाहरु हुने भएकोले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको समय बेगर देउसी भैलो नखेल्न कार्यालयले जनाएको छ ।
साथै तिहारको समयमा बिस्पोटक पदार्थहरु समेत बिक्री बितरण तथा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ । बिस्पोटक पर्दाथबाट मानविय क्षेती आगलागी जस्ता घटना हुने भएकोले सो बिक्री बितरण तथा ओसार पसार र प्रयोग नगर्न नगराउन अनुरोध गरेका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको हस्ताक्षेरीत सार्बजनिक सुचनामा उल्लेख गरिएको छ ।
तिहारको समयमा जुवा तास नखेल्न र बिस्पोटक पदार्थ ओसर पसार बिक्री बितरण र प्रयोग नगर्न सार्बजनिक सुचनामा उल्लेख गरिएको छ । यदि सार्बजनिक सुचनाको अबज्ञा गरि गैर कानुनी कार्य भए गरेको अबस्थामा प्रचलित कानुन बमोजिम कार्बाही गरिने सुचनामा उल्लेख गरिएको छ ।

May be an image of text that says '०९७-५४११२५ नेपाल मन्त्रालय जिल्ला प्रशासन कार्यालय मार्तडी, नेपालीहरुको महान शुभदिपावली उपलक्ष्यमा सम्पुर्ण जिल्लाबासीहरुमा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ्ौ तिहारमा भुझचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थहरुको प्रयोगबाट दुर्घटना, अ्नभल अपाल स्वास्थ्य तथा सुरक्षामा गम्भिर सक्ने भएकाले त्यस्ता पदार्थहरुको ओसारप्रसार, वितरण तथा प्रयोग समेत नगराउनहुन तथा लगायतका जुवाजन्य नखेल्न नखेलाउनहुन साथै तिहारको अवसरमा देउसी भैलो, मनोरष्रनात्मक कार्यहरु ९:०० गर्न/गराउन सम्पुर्ण व्यापारी, उद्ोगी लगायत सर्वसाधारण सवैमा हार्दिक अनुरोध गरिन्छ अवज्ञा गरि कानुन विपरितका कार्यहरु गरे गराएको पाईएमा प्रचलित कानून बंमोजिम सम्मको कारबाहि गरिने व्यहोरा समेत सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको Ptat जिल्ला अधिकारी "व्यावसायिक सिजनशील पशासन विकास, समद्धिर सशासन" अरुलाई बचाओं'

No description available.

चर्चामा

सम्बन्धित समाचार