बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • देश
  • शिक्षकपछि डाक्टर सडकमा, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग

शिक्षकपछि डाक्टर सडकमा, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग

  • मङ्लबार, अशोज ९, २०८०
शिक्षकपछि डाक्टर सडकमा, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं— आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका छन् । विभिन्न पेशागत माग राख्दै देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सेलाउन नपाई डाक्टरहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् ।

हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।

डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।

माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् ।

चर्चामा

सम्बन्धित समाचार