• होमपेज
  • देश
  • दार्चुलामा डेंगुबाट एक किशोरीको मृत्यु

दार्चुलामा डेंगुबाट एक किशोरीको मृत्यु

  • आइतवार, भदौ १७, २०८०
दार्चुलामा डेंगुबाट एक किशोरीको मृत्यु

दार्चुला— दार्चुलामा डेंगु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो।

भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो। उनको उपचारकै क्रममा गएराति मृत्यु हो। उनी राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन्।

दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले बताए।

चर्चामा

सम्बन्धित समाचार